×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

काठमाडाैँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले क्लेरमोन्टमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले क्लेरमोन्टलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । 

पीएसजीको जितमा नेइमार र किलियन एमबाप्पेले ह्याट्रिक गरेका थिए । नेइमारले खेलको छैटौं, ७१औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए भने एमबाप्पेले खेलको १९औं, ७४औं र ८०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै क्लेरमोन्टका लागि जोडेल डोस्सोउले खेलको ४२औं मिनेटमा एक गोल फर्काएका थिए । यो जितपछि पीएसजीको फ्रेन्च लिगमा ३१ खेलमा ७१ अंक भएको छ र लिगको शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै क्लेरमोन्टको भने ३१ खेलमा २८ अंक छ र लिगमा १६औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्