काठमाडौँ- नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८७ पैसा र बिक्री दर १५८ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।