काठमाडौं- काठमाडौंमा नेपाल र युएईको पहिलो एकदिवसीय खेल सुरु भएको छ। कीर्तिपुरको त्रिवी मैदानमा भर्खरै सूरु भएको खेलमा नेपाले बलिङ थालेको छ। नेपालले टस जितेर बलिङ रोजेको हो। नेपाली टिममा कप्तान परिवर्तन भएसँगै रोहित कुमार पौडेलको कप्तानीमा यो पहिलो आधिकारिक खेल हो।
उनले यसअघि पनि केन्याविरुद्ध कप्तानी गरेका थिए। तर, त्यो आधिकारिक खेल थिएन।