×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेसबुकमा स्टाटस लेखेको विषयमा चिया खाने बेला इटहरीमा युवाहरूबीच खुकुरी हानाहान

फेसबुकमा स्टाटस लेखेको विषयमा चिया खाने बेला इटहरीमा युवाहरूबीच खुकुरी हानाहान

इटहरी- इटहरीको मुख्य चौकमा खुकुरी हानाहान भएको छ। बिहीबार दिउँसो स्थानीय युवाहरूबीच खुकुरी हानाहान भएको इटहरी प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।

स्थानीय युवाहरू चिया खान भेला भएको समयमा आपसमा विवाद हुँदा खुकुरी हानाहान भएको हो। डीएसपी खड्काले भने, ‘फेसबुकमा स्टाटस लेखेको विषयलाई लिएर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुईदिनअघि मात्रै स्टाटस लेखेको र भेटेर चिया खाउँ भनी विवाद बनाएको भन्ने खुलेको छ, हामीले अनुसन्धान गरिरहेका छौँ।’

घटनामा एकजना घाइते भएका छन्। उनको विराट नर्सिङमा उपचार भइरहेको छ। पक्राउ परेका तथा घाइतेको तत्काल नाम, थर, वतन गोप्य राखेर अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्