काठमाडौं- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीसँग माफी मागेकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका क्रममा स्थानीयवासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी हुन् ।
फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयले बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरेका थिए । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताउँदै ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’