×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रा.स्व .पा का सभापति रबि लामिछाने बिजयी

रा.स्व .पा  का सभापति रबि लामिछाने बिजयी

काठमाडौं- चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो ।

उहाँले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्नु भएको हो । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याउनु भएको छ । त्यस्तै, नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्