×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनसम्पर्क समिति कान्तो क्षेत्रको पाँचौँ क्षेत्रिय अधिवेशन टोक्योमा भब्य रुपमा सम्पन्न

जनसम्पर्क समिति कान्तो क्षेत्रको पाँचौँ क्षेत्रिय अधिवेशन टोक्योमा भब्य रुपमा सम्पन्न

जापान - समृद्ध देश जापानको संघिय राजधानी टोक्यो स्थित कान्तो क्षेत्रमा गत आइतबार नेपाली जनसम्पर्क समिति जापान,कान्तो क्षेत्रको पाँचौँ क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ। झण्डै ८ वर्ष अगाडि देखि यस क्षेत्रमा क्षेत्रिय अधिवेशन हुन सकिरहेको थिएन। यसअघि २०१७-१९ कार्यकाल का लागि एकेन्द्र थापा संयोजक रहनेगरी २०१७ मा कान्तो क्षेत्रको चौथो क्षेत्रिय अधिवेशन सम्पन्न भएको थियो।

७/८ वर्षसम्म संगठन यथास्थितिमा राहिरहेकोअवस्थामा जनसम्पर्क समिति जापान ले कान्तो क्षेत्रबाट अधिवेशन गर्न सुरु गरेको हो। 

२०२५-२८ को कार्यकालको पाँचौँ अधिवेशन का लागि प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य यूवा नेता अजय बाबु सिवाकोटी थिए। वक्ताका क्रममा प्रमुख अतिथि सिवाकोटीले संसारकै व्यस्त शहर टोक्योमा यसरी सैयौँको संख्यामा नेपाली कांग्रेसप्रति आस्थावान नेता तथा कृयासिल साथीहरु उपस्थित भइ संगठन विस्तार तथा सुढृडिकरणमा जुटेर गरिएको अधिवेशन प्रति हलमा उपस्थित सबैलाइ धन्यवाद दिएका थिए। 

एक फरक प्रसंगमा सिवाकोटिले ‘नेपाल को इतिहास मा सबै खालका राजनैतिक परिवर्तनहरु मा कांग्रेसले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गरेको, २०४८ सालमा आफ्नो पार्टिको सरकारले लिएको खुल्ला बजार अर्थनीति बाट देशको अर्थतन्त्रमा आमुल परिवर्तन आएको र मूलुमा गणतन्त्र ल्याइ गणतांत्रिक संविधान लेखन तथा उक्त संविधान लागु पनि कांग्रेस पार्टीले गरेको कारण देशमा कांग्रेस र मुलुको सम्बन्ध अनोन्यास्रित रहेको’ स्पष्ट पार्नुभयो। त्यस्तै ‘हाम्रो देशमा अबको आवश्यकता भनेको समुन्नत देश र सम्मानित नेपाली बनाउने हो र यसका लागि जापान लगायतका देशहरुमा शिक्षा, रोजगार तथा व्यावसाय गरिरहेका नेपालीहरुलाइ प्रवासमा आफुले सिकेका ज्ञान,सिप र पूँजीलाइ स्वदेशमा भित्र्याइ विकसित राष्ट्र निर्माण गर्नु हो त्यसका लागि कान्तो क्षेत्रिय समितिको पनि महत्वपूर्ण भुमिका रहन सक्ने’ भन्दै स्वदेशका लागि योजनाहरु तय गर्न सुझाव दिनुभयो।

साथै; प्रमुख अतिथि सिवाकोटीले कान्तो क्षेत्रिय समितिको पूरानो समितिलाइ धन्यवाद दिँदै बन्न लागेको नया कार्यसमिति लाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

क्षेत्रिय समिति कान्तो को अधिवेशनमा नेपाली जनसम्पर्क समिति जापान का केन्द्रीय सभापति डिका कार्की, उपसभापति विनोद लामा, महामन्त्री द्वोय शम्भू केसी, बिराट खनाल लगायतका प्रभावशाली नेताहरुको बाक्लो उपस्थीति थियो।

त्यस्तै चौथो कार्यकालका उपसभापति अर्जुन कँडेल, रामु कँडेल तथा नेताहरु नेत्र प्रसाद पाण्डे, गीता बस्याल भट्ट लगायतले ‘कान्तोको पाँचौँ क्षेत्रिय अधिवेशन ले जनसम्पर्क समितिमा एउटा नया उमंग ल्याएको भन्दै यस अधिवेशन बाट बन्ने कमिटीलाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

अधिवेशन मा नेपाली कांग्रेसका महासमिति सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि तथा पूर्व नेविसंघ केन्द्रीय सदस्य चेत बहादुर मगर, किसान संघका केन्द्रीय सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि तथा पूर्व नेविसंघ केन्द्रीय सदस्य सन्तोष कट्टेल, पूर्व नेविसंघ नेता तथा नेपाली जनसम्पर्क समिति जापान का पुर्व केन्द्रीय सदस्य कृपन दाहाल लगाय का प्रभावशाली नेताहरुको बाक्लो उपस्थिती थियो।

त्यसैगरी नेपाली जनसम्पर्क समिति जापान का अग्रज अभिभावकिय नेता तथा सामाजिक अभियान्ता दिपक कँडेल उपस्थित कार्यक्रममा उहाँले ‘जनसम्पर्क समिति जापाले विराएको बाटो बल्ल भेटिएको र अब यसले सबैलाइ जुटाएर एक भएर अघि बड्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको’ बताउनुभएको थियो।

कान्तो क्षेत्रिय अधिवेशनको निर्वाचन आयुक्त का रुपमा रहनुभएका नेपाली जनसम्पर्क समिति जापान का नेता,सामाजिक अभियान्ता तथा सफल व्यावसायी मुक्तिराम खनालले नेपाली जनसम्पर्क समिति जापानको विधान २०१६ अनुसार निर्वाचन सफल रुपमा सम्पन्न गर्नुभएको थियो। खनाल प्रमुख आयुक्त रहेको निर्वाचन समिती ५ सदसिय थियो। 

जस अन्तर्गत कान्तो क्षेत्रको पाँचौँ क्षेत्रिय अधिवेशन बाट बाग्लुंका शिवकुमार श्रीस मगर को नेतृत्वमा १७ सदसिय क्षेत्रिय समिति सर्वसम्मतले चयन भएको हो। उप-संयोजक सोलुखुम्बुका सोनाम शेर्पा  ,महिला नेतृ धादिंगकी उप-संयोजक गिता लम्साल भट्ट  र दोलखा का चन्द्र थापा रहेका छन भने क्षेत्रिय समितिका सचिब मा अर्गखाँचीका असिम खनाल, सहसचिवमा पर्वतका सागर शर्मा,कर्णाली-कालीकोटका पूर्णजंग शाही तथा कोषाध्यक्ष मा गोरखाका कृष्ण पोख्रेल तथा सहकोषाध्यक्षमा गुल्मीकी झरना शाही खत्री सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त मुक्तिराम  खनाल ले बताय।

यसै गरी जनसम्पर्क समिति जापान ले जनघनत्वका आधारमा पूराना क्षेत्र बाहेक नया ५ क्षेत्रहरुमा प्रथम अधिवेशन गर्ने कार्यतालिका रहेको बताएको छ। जस अन्तर्गत २०२५ अप्रिल २० गते होक्काइदोमा प्रमथ क्षेत्रिय अधिवेशन गर्ने निर्णय गरेको छ। नया क्षेत्रहरु अन्तर्गत दोश्रोमा तोचिगी क्षेत्र र ओकिनावा क्षेत्रमा अप्रिल महिनाभित्र अधिवेशन सक्ने तयारीमा रहेको बुझिएको छ।

पूराना क्षेत्रहरु मध्ये किताकान्तो क्षेत्र, नागोया क्षेत्र र हिरोशिमा क्षेत्रमा भने कम्तिमा मेइ महिनाभित्र पहिलो चरणमा अधिवेशन सम्पन्न गरीसक्ने र बाँकी ४ क्षेत्र को पनि अधिवेशन सकाएर नेपाली जनसम्पर्क समिति जापानको राष्ट्रिय सम्मेलन-२०२५ आयोजना गर्दै त्यसपछि केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका रहेको सभापति डिका कार्कीले हामीलाइ बताउनुभएको छ।

निर्वाचित कार्यसमिति को नामावली:-

१. संयोजक     - शिवकुमार श्रीस मगर
२. उपसंयोजक - गीता लम्साल भट्ट
३.        “         - सोनाम शेर्पा
४.        “         - रामचन्द्र थापा
५. सचिव         - असिम खनाल
६. सहसचिव     - सागर शर्मा
७.       “          - पूर्ण जंग शाही
८. कोषाध्यक्ष    - कृष्ण पोख्रेल
९. सहकेषाध्यक्ष - झर्ना शाही खत्री
१०. सदस्यहरु    - शिव खनाल
११.       “          - सरोज खरेल
१२.       “          - विशाल श्रेष्ठ
१३.       “          - दीपेन्द्र बिस्वकर्मा
१४.       “          - उमेश गुरुंग
१५.       “          - जिवन पुन
१६.       “          - रामेश्वर थापा
१७.      “          - नरेन्द्र धमला 

कार्यसमिति बाट संयोजक द्वारा मनोनित 
प्रवक्ता  -  नरेन्द्र धमला ।

प्रतिकृया दिनुहोस्