×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धुर्मुस–सुन्तलीको वेब चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

धुर्मुस–सुन्तलीको वेब चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

काठमाडौं-  धुर्मुस र सुन्तली ( (सीताराम कट्टेल र कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ।

यो फिल्मको कथा धुर्मुस–सुन्तलीले नै लेखेका हुन्। ‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेर विशेषतः ओटीटी प्लाटफर्मको लागि मात्र भनी तयार पारिएको थियो। तर, अब भने दर्शकले यो फिल्म यूट्यूबमा हेर्न पाउने भएका छन्। ‘म त मर्छु कि क्या हो’ धुर्मुस–सुन्तलीकै अफिसियल यूट्युब च्यानल ‘धुर्मुस–सुन्तली यूट्युब’मार्फत आज सार्वजनिक गरिएको छ।

फिल्ममा धुर्मुस–सुन्तलीबाहेक रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, वलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, सुशीला थापालगायतका कलाकारको अभिनय छ। फिल्मलाई सुदीप बरालले खिचेका हुन्।
 

प्रतिकृया दिनुहोस्