×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेस सभापतिको अपिल

युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेस सभापतिको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा, हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्‍न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभापति देउवाले सरकारलाई युद्धस्तरमा उद्धार र हाएकाहरुको खोजी, मानिसहरुलाई सुरक्षित स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्‍न अपिल गरेका छन् ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, "स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्‍न हुन निर्देशन गरिसकिएको छ । पार्टीका साथीहरुलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबैमा अपिल गर्दछु ।" 

बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्नसक्ने भएकोले सजग भएर बस्‍नसमेत आग्रह गरिएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्‍न जिल्लामा बाढी तथा पहिरो गइरहेको छ ।

No description available.

प्रतिकृया दिनुहोस्