×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली,एयरपोर्टमा भव्य स्वागत

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली,एयरपोर्टमा भव्य स्वागत

काठमाडौं - एसिया कप क्रिकेट खेल्न गएको नेपाली सिनियर पुरुष क्रिकेट टोली आज स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुकाे स्वागत गर्न पुगेका समर्थकहरुले  विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

टोलीले पाकिस्तान र श्रीलंकामा दुई खेल खेलेको थियो । पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

त्यसलगतै भारतसँग खेल खेल्न श्रीलंका पुगेको टोली १० विकेटले पराजित भएको थियो । भारतसँगको खेलमा पानीले खेल बिथोलेको थियो । भारतसँग पराजित भएपछि नेपाल एसिया कपबाट बाहिरिएको थियो ।  भारतसँग खेल हारेपनि उत्कृष्ट व्याटिङ गरेको नेपाली टोलीको चौतर्फी प्रंशसा भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्