×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

लघुवित्त बिरूद्दकाे संघर्ष समितिसगँ भएकाे सम्झाैता प्रति एमफान सकारात्मक

लघुवित्त बिरूद्दकाे संघर्ष समितिसगँ भएकाे सम्झाैता प्रति एमफान सकारात्मक

काठमाडौँ - लघुवित्त बैंकर्स संघर लघुवित्त संस्था विरुद्धको संघर्ष समितिबीच केहि हप्ता अगाडी भएको सहमती प्रति माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) ले सहमतीका बुदाँहरु सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले हामीसगँको कुराकानीमा भन्नुभएको छ “१२ बुदेँ सहमती लघुवित्त क्षेत्रका लागी सकारात्मक हो । अब सहमती कार्यान्ययनमा लैजानुपर्छ ।” विगत १ बर्ष अगाडीदेखि लघुवित्त संस्थाहरुको खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको लघुवित्त संस्था बिरुद्धको संघर्ष समितिले १२ बुदेँ सहमती गर्दै आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेसगैँ यस्तो प्रतिक्रिया आएको हो । “लघुवित्त क्षेत्रको दिगो विकासका लागी यस्ता गैर जिम्मेवारपुर्ण आन्दोलनहरु स्थगित हुनुपर्ने थियो, नेपाल राष्ट्र बैकबाट स्विकृती लिएर संञ्चालनका आएका लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको माग जायज थिएन उहाँहरु गलत आन्दोलनमा लागिरहनुभएको थियो अब सहमतीले नयाँ बाटो तय गरेको छ सहमतीलाई पालना गर्दै अगाडी बढ्नुनै लघुवित्त क्षेत्रका लागी उचित हुनेछ” एमफानमा सचिव अनन्त कुमार क्षेष्ठले यस्तो कुुरा बताउनुभएको हो । 
दुई पक्षबिच भएको सम्झौता अनुसार अब लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु स्थागित गर्नेछन् । दुई पक्षबीच भएको १२ बुँदै सहमति यस्तो छ । 


 
 

प्रतिकृया दिनुहोस्