×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कम्पनी दर्ता, खारेजी र पुँजी वृद्धि अब अनलाइनबाटै गर्न सकिने

कम्पनी दर्ता, खारेजी र पुँजी वृद्धि अब अनलाइनबाटै गर्न सकिने

काठमाडौं - सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

''कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय भएको छ,'' उनले भनिन् । योसँगै नयाँ कम्पनी दर्ता, पुँजी वृद्धि र कम्पनी खारेजीको काम अनलाइनबाट निःशुल्क गर्न सकिने भएको छ ।
आर्थिक वर्ष २०८०-८१ को बजेटमा अनलाइनबाट कम्पनी दर्ता तथा पुँजी वृद्धि कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको थियो । यसपछि कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता र पुँजी वृद्धि गर्न नयाँ सफ्टवेयरमार्फत फिचर थप गरिरहेको छ ।

नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्