×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चेल्सीले सहज जित निकाल्दा युभेन्ट्स रोकियो

चेल्सीले सहज जित निकाल्दा युभेन्ट्स रोकियो

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिँदा इङ्लिस क्लब चेल्सीले २-० को सहज जित निकालेको छ । 

मंगलबार भएको खेलमा युभेन्ट्स खेल शुरु भएको पहिलो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । डुसान भ्लाहोभिकले भिल्ला रियलको घरेलु मैदानमा ३२ सेकेन्डमानै गोल गर्दै टीमलाई अग्रता दिलाए । गत महिनामात्र फ्लोरेन्टाबाट ५८ मिलियन पाउन्डमा युभेन्ट्स आएका डुसानले ड्यानिलोको लामो पासलाई सदुपयोग गरेका थिए ।

१-० को अग्रतालाई अधिकांश समय जोगाएको युभेन्ट्स ६६ औँ मिनेटमा भने गोल खान पुगेको थियो । इटाइने कापोउले दिएको पासलाई डेनी परेजोले गोल गर्दै घरेलु टोलीको सम्भावित हार टार्दै खेलमा बराबरी गरे ।

त्यस्तै मंगलबार रातिनै भएको खेलमा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा फ्रेन्च क्लब लिलेलाई २-० ले पराजित गर्‍यो । केइ हाभर्टेइजको गोलमार्फत अग्रता लिएको थियो । हाकिम ज्युचेको कर्नरलाई हाभर्टेइजले हेड गर्दै सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । चेल्सीका लागि क्रिश्टियन पुलिसिकले एनगेलो कान्टेले ६३ औँ मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाएका थिए । त्यसपछि थप गोल हुन सकेन र चेल्सीले सहज रूपमा खेल २-० ले आफ्नो पक्षमा पार्‍यो ।

प्रतिकृया दिनुहोस्