×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना आपडेट :नेपालमा थप १४८६ कोभिड संक्रमित थपिए 

कोरोना आपडेट :नेपालमा थप १४८६ कोभिड संक्रमित थपिए 

 

काठमाडौँ – नेपालमा सोमबार थप १ हजार ४ सय ८६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५ सय ३२ पीसीआर परिक्षणका क्रममा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १६ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा १० हजार ९ सय ६५ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ६ सय ३० सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा छन् । 

प्रतिकृया दिनुहोस्