काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्यमा नयाँ समायोजन गरेको छ, जसले सर्वसाधारणलाई मिश्रित असर पार्नेछ। निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएर राहत दिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य पनि प्रति किलोलिटर २१ अमेरिकी डलरले बढेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
यो नयाँ मूल्यसूची आजै (बिहीबार) राति १२ बजेदेखि देशभर लागू हुनेछ।