×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संरचना हटाउन नर्भिकले पायो समय, छानबिनका लागि समित बन्ने

संरचना हटाउन नर्भिकले पायो समय, छानबिनका लागि समित बन्ने

काठमाडौं- नर्भिक अस्पतालले सार्वजनिक जग्गामा अवैध रुपमा निर्माण गरेका संरचना भत्काउन पुगेका काठमाडौं महानगरका प्रमुख बालेन साह अन्तत: पछि हटेका छन्।

नर्भिकलाई दिइएको २४ घण्टे अल्टिमेटम सकिनै लाग्दा अस्पताल पुगेका मेयर साहले अस्पताल व्यवस्थापनलाई संरचना स्थानान्तरणका लागि आवश्यक समय दिने भन्दै फर्किएका हुन्।

सोमबार महानगरले २४ घण्टे अल्टिमेटम दिँदै अटेर गरे भत्काउने सूचना टाँसेको थियो। सो जग्गामा अस्पतालले अक्सिजन प्लान्ट र एमआरआई मेशिन राखेको छ। मेयर साहलाई अस्पताल व्पवस्थापकहरूले तत्काल संरचना स्थानान्तरण गर्न संभव नहुने र सेवा प्रभावित नहुने गरी सार्नुपर्ने भएकाले केही समय माग गरेका थिए।

मेयर साहले बढीमा ३५ दिन समय दिन सकिने र त्यस अवधिमा संरचना हटाइसक्नुपर्ने बताए। ‘तपाईंहरूले मन्त्रिपरिषद्‍बाट स्वीकृती लिएर नक्सा पास गरी संरचना बनाउनुभयो भने हाम्रो टाउको दुखाइ हुँदैन’, मेयर साहले भने, ‘होइन भने कति समय आवश्यक हुन्छ प्राविधिकसँग बसेर यो स्थानान्तरणका लागि समय पाउनुहुन्छ।’

नर्भिकले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ। सरकारी जग्गा लिजमा दिन नर्भिकलाई मन्त्रिपरिषद्ले पनि अनुमति दिएको छैन।

यस्तै नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको नबनाएकोबारे अध्ययन गर्न अध्ययन समिति बनाइने भएको छ।

अध्ययन समितिमा काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकहरू रहनेछन्। समितिले प्रतिवेदन दिएपछि नियमानुसार भत्काइने साहले बताए।

प्रतिकृया दिनुहोस्