रोल्पा- रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका वर्षमान पुनले नै अग्रता लिएका छन्।प्रतिनिधिसभा तर्फ २९ हजार ९ सय ७१ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले १९ हजार २ सय ७१ मत ल्याएका छन् भने एमालेका पूर्ण बुढाले ८ हजार १ मत ल्याएका छन्।
प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्।
प्रदेश (ख) तर्फ २५ हजार १ सय ९७ मत गन्दा काँग्रेसका अमरसिंह पुनले ७ हजार ९ सय ७९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुनले ११ हजार २ सय ६६ मत ल्याएका छन्।