×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल :राजस्थानले कोलकत्तालाई ६ विकेटले हरायो ।

आईपीएल :राजस्थानले कोलकत्तालाई ६ विकेटले हरायो  ।

एजेन्सी - ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोलकत्ता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । शनिबार पुछारमा रहेका दुई टिम बीचको खेलमा राजस्थानले जित निकालेको हो ।
१ सय ३४ रनको लक्ष्य राजस्थान रोयल्सले ४ विकेट गुमाएर ७ बल अगावै भेट्टायो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रनको ईनिङ्स खेले । डेभिड मिल्नर २४ रनमा अविजित रहदाँ एसहस्वी जयसवाल र सिभम दुबेले समान २२ रन बनाए । ओपनर जोस बटलर ५ रनमा आउट भएको खेलमा राहुल तिवाती ५ रनमा पोविलियन फर्किए ।

कोलकत्ताका वरुण चक्रवत्तीले सर्वाधिक २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान एक एक विकेट लिए ।

यसअघि, राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

कोलकत्ताका लागि राहुल त्रिपाठले सर्वाधिक ३६ रन बनाए । दिनेश कात्तिक २५, नितिस राना २२, सुभमन गिल ११, सुनिल नारिन ६, इयान मोर्गान शुन्य, आन्द्रे रसेल ९ रन, प्याट कुमिन्स ५ रनमा आउट भए । प्रसिद्ध कृष्ण शुन्य रनमा अविजित रहे ।

राजस्थानका क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव, चेतन साकिरिया र मुस्ताफिर रहमानले समान एक एक विकेट लिए ।

तालिकाको पुछारमा रहेको राजस्थानले जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ । राजस्थान २ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

कोलकत्ता २ अंक सहित तालिकाको पुछारमा छ ।

प्रतिकृया दिनुहोस्