काठमाडाैँ- सत्ता साझेदार दल माओवाकी केन्द्रका नेता वर्षमान पुनले आफ्नाे दलले कम्तीमा २०० पालिका जित्ने दाबी गरेका छन् । ‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरूकै अध्यन रिपोर्ट छ,’ बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा नेता पुनले भनेका छन्, ‘बाहिर ७० प्रतिशत जित्छौँ भनेर हल्ला गरिरहनुभएको छ, एक्लै पनि हामी २०० पालिका जित्छौँ । वाम पार्टीमा हामी पहिलो हुन्छाैँ ।’
स्थानीय तह निर्वाचनमा ०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दाबी छ । ‘हामी आफ्नै शक्तिमा भर पर्छाैँ, हामीले सबै वडाको विश्लेषण गरेर बसेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनाैँ,’ उनले भनेका छन्, ‘हामी जित्छाैँ ।’ यस्तै उनले माओवादीले सुदृढिकरणकाे अभियान चलाएकाे र त्यसले पार्टीलाई सुदृढ तथा मजबुत बनाउने बताए ।