काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्कालै पदबाट निलम्बन गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले बिजुली महशुल असुली गर्न नसकेकाले निर्देशक घिसिङलाई तत्कालै पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्नुृ भएको हो ।
त्यसैगरी उहाँले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भने, “डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ ।