काठमाडौं- नायिका नीता ढुंगाना र नायक तथा ज्योतीष हरिहर अधिकारी ३ बर्षदेखि प्रेम सम्बन्धमा छन् । प्रेम सम्बन्धमा रहेपनि यो जोडीले सार्वजनिक रुपमा प्रेम स्विकार भने गरेको छैन । तर, उनीहरु प्रेम सम्बन्धमा रहेदेखि नै एक अर्कासँग नजिक छन् र विभिन्न प्रोजेक्टमा सहकार्य पनि गर्दैछन् ।
अकाठमाडौँ । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारी एक हुने भएका छन् । उनीहरू आउँदो असार २४ गते वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।
केही वर्षदेखि सँगसँगै देखिँदै आएका उनीहरूले हालसम्म खुलेर आफ्नो प्रेम सार्वजनिक भने गरेका थिएनन् तर उनीहरू प्रेम सम्बन्धमा छन् भन्ने पनि लुकेको थिएन । लामो समयदेखि प्रेम र विवाहका विषयमा मौनता साँधिरहेका उनीहरूले अब भने विवाह गर्ने भएका हुन् । राजधानीको पाँचतारे होटल याक एण्ड यतीमा यही आउँदो असार २४ गते विवाह र २६ गते रिसेप्सन हुने स्रोतले बताएको छ । स्रोतले विवाह तामझामपूर्ण हुने बताउँदै चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको जानकारी गराएको छ ।
नीता र हरिहरको विवाहमा भारतीय कलाकार प्रदीप सिंह रावतको पनि सहभागिता रहने बताइएको छ । भारतको सुपरहिट चलचित्र ‘गजिनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएकाअभिनेता रावत नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा समेत अनुबन्धित छन् ।
यसका लागि यी दुइले तयारी पनि थालिसकेका छन् । बिहे लगतै यो जोडीले फिल्मको छायांकन सुरु गर्दैछ ।
यो फिल्ममा नीता र हरिहरको साथमा भारतीय फिल्मका चर्चित कलाकारहरु प्रदिप रावत, सुनिल वर्मा लगायतले काम गर्दैछन् । चन्द्र पन्तले फिल्मको निर्देशन गर्न लागेका हुन् ।