×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । नगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ।

नयाँ मूल्य सोमबार बिहान एक बजेबाट लागू हुने छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।


आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। भने डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर पठाएको छ।

तर निगम ग्यासमा घाटा भएकाले ग्यासको भाउ यथावत राखेको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

 

 

No photo description available.

 

प्रतिकृया दिनुहोस्