×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ग्वार्कोमा ट्रकले ठक्करदिदा स्कुटर चालकको मृत्यु

ग्वार्कोमा ट्रकले ठक्करदिदा स्कुटर चालकको मृत्यु

काठमाडौं - ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बिहिबार बिहान ग्वार्को चोकमा ना ६ ख १९३३ नम्बरको ट्रककोले बा ३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते लामालाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका  थिए।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

प्रतिकृया दिनुहोस्