×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरामा आत्मदाहको प्रयास : उद्धार गर्न जाँदा घरबेटीसमेत घाइते

पोखरामा आत्मदाहको प्रयास : उद्धार गर्न जाँदा घरबेटीसमेत घाइते

काठमाडौँ- पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । 

ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।

‘डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ’, उनले भने, ‘अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।’ घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्