×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवन–२ मा ३४ हजारभन्दा बढी मतान्तरले रवि लामिछाने विजयी

चितवन–२ मा ३४ हजारभन्दा बढी मतान्तरले रवि लामिछाने विजयी

चितवन- चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने ३४ हजार भन्दा बढी मतको अग्रताले विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । 

यस्तै, गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका नेता हालका राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन् । चितवनमा केहीबेरमा रवि लामिछानेको विजयी जुलुस निकाल्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्