×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ

प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ

काठमाडौं- नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न सचिव महासेठ सोमबार दिउँसो प्रचण्डनिवास खुमलटार पुगेका थिए । 

उनीहरुबीच करिब एक घण्टा लामो भेटघाट भएको स्रोतले जनाएको छ । एकल बहुमतको सरकार नबन्ने भएपछि दोस्रो ठूलो दलका रुपमा दर्ज भएको एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनसँग पनि छलफल बढाइरहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने बताएपनि महासेठ र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  भावी सत्ता समीकरणका लागि सत्तारुढ दल र प्रतिपक्ष दलहरुबीच पछिल्लो समय भेटघाट बाक्लो बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्