×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न महोत्तरी प्रशासनलाई निर्देशन

हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न महोत्तरी प्रशासनलाई निर्देशन

काठमाडौँ- महोत्तरीको भंगहा-८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् । 

अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।अध्यक्ष डा. दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् । 

बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट् सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अध्यक्ष डा. दत्तले संयमित भएर एकआपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्‍याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन्  ।

प्रतिकृया दिनुहोस्