×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालुवाटारमा भड्किला सामान नकिन्न प्रचण्डको निर्देशन

बालुवाटारमा भड्किला सामान नकिन्न प्रचण्डको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किला सामान नकिन्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नियुक्त भएसँगै आज शपथग्रहण गर्ने तयारीमा रहेका प्रचण्डले सचिवालयमार्फत निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यता पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिने तयारीमा जुटेका छन् । प्रचण्डले आज अपराह्न ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्