×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, आरोपमा दुई जना पक्राउ

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, आरोपमा दुई जना पक्राउ

दार्चुला-  दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । घटनाको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिनुभयो । उहाँका श्रीमान्को सात वर्ष अघि  मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एक जना फरार रहेको बताइएको छ । घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा जानुभएको छ । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ ।(रासस)

प्रतिकृया दिनुहोस्