×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपतिको शुभकामना संदेश : विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो।

राष्ट्रपतिको शुभकामना संदेश : विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो।

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताउनुभएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालको यही विशिष्ट पहिचानले हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको छ । हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त रहेको छ । त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ ।” राष्ट्रपतिले यस्ता पर्वहरूको माध्यमबाट नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्