×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोनाविरुद्धको दुई फरक खोप 'मिक्स' गरेर दिने सरकारको निर्णय

कोरोनाविरुद्धको दुई फरक खोप 'मिक्स' गरेर दिने सरकारको निर्णय

काठमाडौं - सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ ।
डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।


बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।
पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको नर्सिङ अधिकृत लक्ष्मी मरासिनी आचार्यले जनाकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्