×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले १६ जिल्ला अधिवेशनको मिति फेरि सार्‍यो

कांग्रेसले १६ जिल्ला अधिवेशनको मिति फेरि सार्‍यो

काठमाडौँ- नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गते हुने तय भएको १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन सार्ने निर्णय गरेको हो ।

बैठकले आउँदो माघ १५ गते ती जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ । माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन सारिएको हो ।

विवादका कारण कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत १६ जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्