×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सय रुपैयाँका लागि श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

सय रुपैयाँका लागि श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दिया: बर्दियामा एक पुरूषको हत्या आरोपमा श्रीमती र छोरालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्