×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

अरुणा इरानी बलिउडबाट अ”लबि”दा !

अरुणा इरानी बलिउडबाट अ”लबि”दा !


एजेन्सी - बलिउड अभिनेत्री अरुणा इरानी बलिउडबाट अ”लबि”दा भएकी छिन् । कलाकार ईरानीले थुप्रै सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर उनले हालसालै बलिउडमा काम नगर्ने निर्णय गर्दै बलिउडबाट बि’दा लिएकी हुन्। कलाकार इरानीले सदाकालागी भने बलिउड छाडे’की हैनिन् । पछिल्लो समय पुरै विश्वलाई नै ह”ल्लाई रहेको कोरोनाको कारण कलाकार इरानीले आफुलाई कुनै पनि प्रकारको क्यामेरा अगाडी नआउने बताउँदै बलिउडबाट बिदा भएकी हुन् । उनी कोभिड महामारी सुरु भएदेखि क्यामराबाट टाढिएकी हुन् ।
हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी पनि गराएकी छन् । ‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ । मेरो उमेरलाई हेर्दा बाहिर निस्कन र काम गर्न यो सही समय होइन । मलाई कहिलेकाँही पुनः काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । तर जीवनको अवस्थाले मलाई कुनै नयाँ प्रोजेक्टसँग जोडिन डर लाग्दैछ’, उनले भनेकी छन् ।
अरुणाका अनुसार उनलाई परिवारले कामबाट अवकाश लिन निरन्तर दबाब दिइरहेका छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्ने भएकाले पनि परिवारको दबाबमा आफू सहमत भएको उनको भनाइ छ । ‘मैले अहिलेसम्म धेरै काम गरिसकें । अब मेरो लागि आराम गर्ने समय आएको छ । तर कहिलेकाँही घरमा बस्दा बस्दा दिक्क लाग्छ’, उनले भनेकी छन् । उनी पछिल्लो पटक सोनी टेलिभिजनमा ‘ये उन दिनों कि बात हे’मा देखिएकी थिइन्।
अरुणाले ‘सफर’, ‘अन्दाज’, ‘कारवा’, ‘बोबी’, ‘दिल तो पागल हे’, ‘गोपी किशन’, ‘बेटा’, ‘कहानी घर घर की’लगायतका हिट फिल्ममा अभिनय गरेकी छन् । उनले यो वर्षको अन्त्यसम्ममा कुनै पनि फिल्ममा सम्झौता गरेकी छैनन् ।

प्रतिकृया दिनुहोस्