×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नियुक्तिको एक महिनामै महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

नियुक्तिको एक महिनामै महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

काठमाडौ - नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आफ्नो पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष उनले राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ।

हालै उज्वेकिस्तानमा सम्पन्न एसियन कप छनोटका क्रममा एन्फासँग विवाद भएपछि प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन्। उनले एक अन्तर्वार्तामार्फत एन्फा, सहायक प्रशिक्षक र व्यवस्थापकमाथि विभिन्न गम्भीर आरोप लगाएका थिए।

प्याट्रिकको आरोपपछि हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङले संयुक्त पत्रकार सम्मेलन गरी ती आरोपहरूको खण्डन गरेका थिए।

'प्रो' लाइसेन्स प्राप्त प्रशिक्षक प्याट्रिकलाई एन्फाले गत जेठ २२ गते एक वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। तर, नियुक्ति भएको एक महिना नपुग्दै विवादका कारण उनले पद छाडेका हुन्।

 

प्रतिकृया दिनुहोस्