×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रम समस्या समाधान नगर्ने सञ्चार प्रतिष्ठानविरुद्ध कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

श्रम समस्या समाधान नगर्ने सञ्चार प्रतिष्ठानविरुद्ध कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

काठमाडौं- नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्या तत्काल समाधान गरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ।

महासंघ अन्तर्गतको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वधन विभागको मंगलबार बसेको बैठकले श्रम समस्या भएका सञ्चार प्रतिष्ठानलाई समस्या समाधानका लागि अल्टिमेटम दिने निर्णय गरेको हो।

विभागका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले कान्तिपुर टेलिभिजनले महासंघसँग गरेको सहमतिअनुसार त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र नागरिक दैनिकले कोभिड कालदेखि हालसम्म कटौती गर्दै आइरहेको ३० प्रतिशत पारिश्रमिकसहितको नियमित पारिश्रमिकको सहमति तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ।

यस्तै महासंघले पटक-पटक देखिएका श्रम समस्या समाधानका लागि गरेको आग्रह जनता टेलिभिजन, नाइस टेलिभिजन, बोधी टेलिभिजन र इमेज टेलिभिजनलगायतका सञ्चार प्रतिष्ठानले अवज्ञा गरेकोले सम्बन्धित सञ्चार प्रतिष्ठानलाई एक हप्ताभित्र समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ।

तोकिएको समयमा सहमति कार्यान्वयन नगरे तथा समस्या समाधान नगरे महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ।

यस्तो छ विज्ञप्ति

मिति : २०७९/०५/०७
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वधन विभागको बैठक विभागका संयोजक रमेश विष्टको अध्यक्षता तथा महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोसन पुरीको विशेष उपस्थितिमा बसेको छ । बैठकले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएका पछिल्लो श्रम समस्याको अवस्थाको बारेमा समीक्षा ग¥यो ।

श्रम अधिकारका लागि महासंघमा प्राप्त उजुरी तथा निवेदनमाथि छलफल गर्दा महासंघले पटक–पटक देखिएका श्रम समस्या समाधानका लागि गरेको आग्रह जनता टेलिभिजन, नाइस टेलिभिजन, बोधी टेलिभिजन र इमेज टेलिभिजनलगायतका सञ्चार प्रतिष्ठानले अवज्ञा गरेकोले सम्बन्धित सञ्चार प्रतिष्ठानलाई एक हप्ताभित्र समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस अवधिसम्म पनि सम्वन्धित सञ्चार प्रतिष्ठानले समस्या समाधान नगरेमा भदौं १५, १६ र १७ गते चरणबद्ध धर्नालगायतका संर्घषका कार्यक्रम सम्बन्धित सञ्चार प्रतिष्ठानमा आयोजना गर्ने गरी ठोस कार्यक्रम तय गरेको छ ।

कान्तिपुर टेलिभिजनले महासंघसँग गरेको सहमतिअनुसार त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र नागरिक दैनिकले कोभिड कालदेखि हालसम्म कटौती गर्दैै आइरहेको ३० प्रतिशत पारिश्रमिकसहितको नियमित पारिश्रमिकको सहमति तत्काल कार्यान्वयन गर्न महासंघले जोडदार माग गरेको छ । सम्बन्धित यी दुई प्रतिष्ठानलाई दुई साताभित्र महासंघसँग गरेको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय भएको छ । त्यस अवधिसम्म पनि सहमति कार्यान्वयन नगरेमा महासंघ निर्णय कार्यान्वयनका लागि संर्घषको बाटोमा जाने निर्णय गरेको छ ।

यसर्थ, महासंघ श्रम समस्या देखिएका श्रम प्रतिष्ठानहरुलाई अविलम्ब समस्या समाधान गर्न जोडदार माग गर्दछ । अन्यथा कानुनी र संर्घष दुवै बाटोमा उत्रने जानकारी गराउन चाहान्छौं ।

रोसन पुरी
महासचिव

प्रतिकृया दिनुहोस्