×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड

काठमाडौँ- क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । गत शनिबारको गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका थिए । 

सोमबारको आक्रमणमा संलग्न भएको अभियोगमा ६७ वर्षीय चुन्ली झाओलाई पक्राउ गरिएको छ । झाओले किन गोली चलाए भन्नेबारेमा स्पष्ट भइनसकेको जनाउँदै प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।रासस

प्रतिकृया दिनुहोस्