×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङ- दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी दिए। 

चौध प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ । पालिकाभित्रका सम्पूर्ण बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । अहिले बबईबाहेक नौ पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा छ ।  

तुलसीपुर सुनिश्चित घोषणा 

तुलसीपुर उपमहानगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो भने अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिले तथ्यगत विवरण प्रमाणीकरण गरेसँगै तुलसीपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो । -रासस


 

प्रतिकृया दिनुहोस्