काठमाडौं- नेकपा (एमाले) का प्रभावशाली नेता तथा भक्तपुर-२ प्रतिनिधि सभाका उम्मेद्वार महेश बस्नेतले मतदान गरेका छन् । बस्नेतको सचिवालय जनाएअनुसार उनले आज विहान ९ः५५ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
भक्तपुरमा आजकाे भएकाे निर्वाचनमा भने एमालेकाे विरूद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लाेकतान्त्रिक समाजवादी र जनमाेर्चा सहितकाे पाँच दलीय गठबन्धन रहेकाे छ । पाँच दलीय गठबन्धन भएता पनि भक्तपुरमा भने लाेसपा र जनमाेर्चाकाे प्रभाव न्यून रहेकाे छ ।
आफुले भक्तपुरमा गरेकाे विकास र समृद्धिले गर्दा जनताकाे प्रिय बन्नुभएका नेता बस्नेतले गठबन्धनलाई याे पटक तेव्बर मतले हराउने उद्घाेष गरेका छन् । भक्तपुरलाई विकासकाे ऐतिहासिक नयाँ युगमा नेता बस्नेतकाे नेतृत्वमा भएकाले भक्तपुर क्षेत्र नं. २ का जनताले सूर्य चिन्हमा मतदान गर्नेमा उनले विस्वास ब्यक्त गरे । भक्तपुर क्षेत्र नं। २ बाट २०७४ सालमा बस्नेत दोब्बर मतका साथ विजयी भएका थिए । उनले कांग्रेसका नेता दमननाथ ढंगानालाई १८ हजारको बदलामा ३६ हजार मत ल्याई विजयी भएका थिए ।