×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वामदेव गाैतम : गठबन्धन गरेपछि किन पार्टी चाहियो ?

वामदेव गाैतम : गठबन्धन गरेपछि किन पार्टी चाहियो ?

काठमाडाैं-  राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन् गरेको टिप्पणी गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।”

गाैतमले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे । उनले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कांग्रेसकाे निर्णय सकारात्मक रहेको पनि बताए । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए ।

प्रतिकृया दिनुहोस्