बुटवल- नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रूपमा विभागहरूमा मनोनयन गरेको आरोप लागेको छ । सभापति पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू मनोनीत गर्दा सल्लाह नगरी आफू अनुकूल गरेको आरोप लागेको हो ।
प्रदेश सदस्य मोती भण्डारीले आफू जस्तै धेरै प्रदेश सदस्यहरू असन्तुष्ट रहेको बताए । उनले विगतमा पनि सभापतिले स्थानीय तह देखि प्रदेशको टिकट वितरणमा एकलौटी गरेको आरोप लगाउँदै अहिले पनि सोही गलत प्रवृत्ति दोहोरिएको बताए ।
लुम्बिनी प्रदेशमा अनुसार ३४ वटा विभाग गठन गर्न मिल्ने छ। त्यसमा २१ विभाग गठन भइसकेपनि १३ विभागले भने पूर्णता पाउन बाँकी छ ।