×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वराजा शाह परिवारसहित जनकपुर जाँदै

पूर्वराजा शाह परिवारसहित जनकपुर जाँदै

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज जनकपुर जाँदैछन् । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा. सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको बताइएको छ ।

झापा भ्रमणलगत्तै आज शाह जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो ।

प्रतिकृया दिनुहोस्