×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी र नेसपाबीच जुटेन सहमति

माओवादी र नेसपाबीच जुटेन सहमति

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीचको एकता पार्टीको नाम के हुने भन्ने विषयमा अड्किएको छ । माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता टोलीका संयोजक गङ्गानारायण श्रेष्ठबीच दुई पटक छलफल गरे पनि अन्तिममा पार्टीको नामलाई लिएर अड्किएको हो ।

नेसपा वार्ता टोलीका संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनुपर्ने अडान राखेका छन् । माओवादीका वार्ता टोली संयोजक महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा पुगेका छन् ।

पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शीर्ष नेताहरू बसेर टुङ्गो लगाइने भएको छ ।

अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष बाबुराम भट्टराई बसेर पार्टी एकताका विषयमा छलफल गरेर टुङ्गो लगाउने जिम्मा दिएको दिएको छ । पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्