×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

के ‘ब्रम्हास्त्र’ले ‘केजीएफ २’ को कमाइलाई उछिन्ला ?

के ‘ब्रम्हास्त्र’ले ‘केजीएफ २’ को कमाइलाई उछिन्ला ?

एजेन्सी- फिल्म निर्माता अयान मुखर्जीको विशाल प्रोजेक्ट ‘ब्रह्मास्त्र भाग १: शिव’ले धेरै चर्चा पाइरहेको छ । बक्स अफिसमा आक्रामक व्यापार गरेपछि यस चलचित्रको चर्चा यतिखेर अर्को चलचित्रसँग तुलना गरेर भइरहेको छ ।

यस चलिचत्रले बक्स अफिसमा ‘यश’ अभिनित केजीएफ २ को व्यापार आँकडालाई उछिन्ने अनुमान लगाउन थालिएको छ ।भारतमा केजीएफ २  ले बक्स अफिसमा ४२७.४९ करोड भारतीय रुपैयाँ कमाएको थियो । 

यस चलचित्रलाई मेगा ब्लकबस्टर भनेर चित्रित गरिएको थियो । अहिले ब्रम्हास्त्रले बक्स अफिसमा १८० करोड भारतीय रुपैयाँ कमाइसकेको छ । 

हिन्दीमा मात्रै यसले अझै २१.१२ करोड भारतीय रुपैयाँ थप्ने अनुमान गरिएको छ । अन्य भाषामा यस चलिचत्रले २०१.१२ करोड भारतीय रुपैयाँ संकलन गर्नेछ । 

ब्रह्मास्त्रले अहिलेसम्म विश्वभर ग्रस बक्स अफिस कलेक्सनमा ३६० करोड भारतीय रुपैयाँ कमाएको छ । जबकी यो ४०० करोड भारतीय रुपैयाँभन्दा बढीको ठूलो बजेटमा बनेको हो ।  

प्रतिकृया दिनुहोस्