×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाँच गोली हानिएका नेदरल्यान्डका पत्रकार जीवन मरणको दोसाँधमा

पाँच गोली हानिएका नेदरल्यान्डका पत्रकार जीवन मरणको दोसाँधमा

नेदरल्यान्डका खोज पत्रकार पिटर आर दे भ्रिसलाई गोली हानिएकोमा इन्टरनेसनल प्रेस इन्टिट्युट (आइपीआई)ले त्रासदी व्यक्त गरेको छ । मंगरबार साँझ साढे ५ बजे आम्सटरडममा उनलाई पाँच गोली हानिएको थियो ।

दे भ्रिस अपराध विधामा पत्रकारिता गर्ने वरिष्ठ खोज पत्रकार भएको इन्टिट्युटले उल्लेख गरेको छ । उसले दन्डहीनता हुन नदिन र अपराधमा संलग्न सबैलाई आवश्यक कारबाहीको लागि डच अधिकारीहरुसँग आग्रह गरेको छ । पत्रकार दे भ्रिसलाइ एक गोली टाउकोमा लागेको छ । उनलाई गम्भीर चोट लागेको हो ।

नेदरल्यान्डको अपराधिक अन्डरवोल्ड गिरोहको बारेमा उनले खोजी समाचार गरेका थिए । हालसम्म तीन जनालाई पक्राउ गरिएको छ । गोली हानिएका पत्रकार दे भ्रिस अस्पतालमा जीवन मरणको संघारमा छन् । ‘बहादुर अपराध पत्रकार पिटर आर दे भ्रिसलाइ गोली हान्नु नेदरल्यान्डको पत्रकार समुदाय, प्रेस स्वतन्त्रता, डच समाज र लोकतन्त्रमाथीकै प्रहार हो’, आइपीआईका उपनिर्देशक स्कट ग्रिफेनले भने, ‘हामी पिटर, उनको परिवार र साथीहरुलाई पूर्ण सहयोग र एक्यवद्धता व्यक्त गर्दै पिटरको चाडो स्वाथ्य लाभको कामना गर्छौ ।’

पत्रकार आक्रमणको विरोध आइपीआईका साथै नेदरल्यान्डका प्रधानमन्त्रीले समेत गरेको आइपीआइको आधिकारिक वेबसाइटले उल्लेख गरेको छ । ६४ वर्षीय पत्रकार दे भ्रिसलाई नजिकैबाट गोली हानिएको थियो । नेदरल्यान्डको आरटिएल बोउलीभार्ड नामक एक टेलिभिजन कार्यक्रमामा अतिथि भएर फर्कने क्रममा उनलाई गोली हाानिएको हो ।

आफ्नो पत्रकारिताको कर्मका दौरानमा दे भ्रिसले दे टेलिग्राफ र आग्लेमिन दागब्लाद जस्ता पत्रिकामा काम गरेका थिए । पछिल्ला दुई दशकमा भने उनी आफ्नै अपराधिक टेलिभिजन कार्यक्रमहरु संचालन गर्दै आएको आइपीआइले उल्लेख गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्