काठमाडौं- चारदिनसम्म निरन्तर घटेको सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारभन्दा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य भने पाँच रुपैयाँले सस्तिएको छ । आव छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९१ हजार ७ सय रुपैयाँ थियो । आजका लागि तेजावी सुनको कारोबार मूल्य ९१ हजार ४ सय रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला १२ सय २५ रुपैयाँका कारोबार भइरहेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।