×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

र्‍यापरको मुखमा अगुल्टो झोस्ने झाँक्री नवलपरासीबाट पक्राउ

र्‍यापरको मुखमा अगुल्टो झोस्ने झाँक्री नवलपरासीबाट पक्राउ

काठमाडौँ- र्‍याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको हो । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए । 

झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्