जनकपुरधाम- मधेश प्रदेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वरकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् ।
उनलाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको मधेस सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।निहारिकाले
धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठमाथि बलात्कारको आरोप लगाएकी थिइन् । तर जिल्ला अदालतबाट श्रेष्ठले सफाइ पाएका थिए । तर अहिले निहारिकाले निरन्तर आन्दोलन गरेपछि अदालतले पीडितको माग अनुसार डिएनए परीक्षणको आदेश दिएको छ ।