×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप प्रकरण : आज उच्च अदालतमा सुनुवाइ हुँदै

सन्दीप प्रकरण : आज उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ- जबरजस्ती करणीको मुद्दामा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको केशमा आज उच्च अदालतमा सुनुवाइ हुँदैछ । लामिछानेलाई रिहा गर्ने कि नगर्ने भन्ने विषयमा आज उच्च अदालतमा सुनुवाइ हुने उनका वकिलले जानकारी दिए ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार उनको सुनुवाइ उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासमा हुने छ ।  उनको पेसी तेस्रो नम्बरमा रहेको छ ।

भदौ ६ गते जबरजस्ती करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्