×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडौँ- रौतहटको चन्द्रपुर नगरपालिका-२ पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । 

प्रहरीकाअनुसार बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो ५ बजे एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएको थिए ।

घाइतेमध्ये ३ जनालाई अस्पतालले मृत घोषणा गरिएको हो । मृत्यु हुनेमा अटोमा सवार सर्लाही-२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन् । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ ।

उनको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ । बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्